+
+

प्रचण्डको जवाफ : लड्नेहरुसँग नै मिल्नुको पनि मजा हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते १४:२८

७ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका विरोधी शक्तिबीच मेलमिलाप हुँदा नै राष्ट्रलाई फाइदा हुने बताएका छन् ।

सशस्त्र द्वन्द्वका क्रममा माओवादी र नेपाली कांग्रेसबीच नै मुख्य लडाई भएको भन्दै उनले अहिले ती शक्ति मिल्दामात्र देशको हित हुने ताए ।

कतिपयले विगतमा टाउको काट्ने कुरा गर्ने, बम हानेर सिध्याउन खोज्नेसँग पनि मिल्ने भनेर तर्क गरेको भन्दै प्रचण्डले भने, ‘मिल्ने भनेकै दुईवटा लड्नेहरुका बीचमा हो, अनिमात्र मिल्नुको अर्थ र मजा हुन्छ । देश र समाजका लागि पनि केही हुन्छ ।’

प्रचण्डले अगाडि भने, ‘नलड्नेहरुबीच त मिल्नै परेन नि, किन सम्झौता गर्नुप¥यो । सम्झौता गर्ने भनेकै विरोधीहरुका बीचमा लड्दालड्दै हो । सम्झौता फेरि कसैको इच्छाले होइन, तत्कालिन शक्ति सन्तुलनले पैदा गर्ने हो ।’

तत्कालिन नेकपा माओवादी र सात राजनीतिक दल यो भन्दा अगाडि लड्नु राष्ट्रको निम्ति अहित हुन्छ भन्ने निश्कर्षमा पुगेपछि नै शान्ति सम्झौता भएको प्रचण्डले बताए ।
‘यो भन्दा बढी लड्दा सबैलाई क्षति हुन्छ भनेपछि राष्ट्रको हितका लागि शान्ति सम्झौता गरिएको थियो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?