+
+
Shares

पोखरामा १ करोड लगानीमा खुल्यो रेस्टुरेन्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते १२:४९

६ कात्तिक, पोखरा । करिब ६ दशकअगाडि पोखरा फेवाताल लेकसाइड क्षेत्र पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्दै गइरहेको थियो । स्वदेशीमात्रै नभएर विदेशी पर्यटकको पनि चाप बढ्दै गएपछि स्याल नाच्ने बैदामको झ्याङबारीमा विस्तारै चियापसलहरु खुल्न थाले ।

विशाल निलाम्मे फैलिएको फेवातालमा माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखलाको छायाले मोहित हुने पाहुनाको संख्या बढ्दै जान थाल्यो र सोही क्रमसँगै ठूला लगानीमा उल्लेख्य होटल रेस्टुरेन्ट खुल्न थाले ।

४० को दशकमा त्यही व्यवसायीहरुकै भीडमा बिमबिम नामक रेस्टुरेन्ट खुल्यो । २०४५ सालमा खुलेको उक्त रेस्टुरेन्ट पछि नाम फेर्दै बन्यो, ‘बिजी बी’ क्याफे । बिजी बी अर्थात् व्यस्त मौरी । ‘बिजी बी’पछि सञ्चालक ज्याक तामाङ पनि व्यस्त व्यवसायी बने ।

बिजी बी क्याफेले पोखरेली पर्यटन व्यवासायीमा यसरी फड्को मार्‍यो कि अहिलेसम्म पोखरा आउने प्रायः एक पटक उक्त क्याफेमा पुगेकै हुन्छन् । बिजी बीको दायरा बढ्दै गएपछि प्रालिमा परिणत भएर समूह बनेको बिजी बी ग्रुपका निर्देशक सुनिल भट्टराई सुनाउँछन् । ‘बिजी बीको स्थापनापछि पोखराको नाइट लाइफमा नयाँ आयाम थपिएको हो’ उनको दाबी छ ।

बिजी बी ग्रुपले सन् २०१९ मा लेकसाइडमै ३४ कोठाको बिजी बी रिसोर्ट पनि खोलेको थियो । सोही बिजी बी ग्रुपले सोमबारदेखि बिजी बी कोरियन रेस्टुरेन्ट पनि सुरु गरेको छ । करिब १ करोड रुपैयाँमा शाकाहारी र मांसाहारी दुवैलाई लक्ष्य गरी रेस्टुरेन्ट सञ्चालन गरिएको बिजी बी प्रमुख ज्याक तामाङले जानकारी दिए ।

‘सबैका लागि भनेर ८ प्रकारका साइड डिसबाहेक ४५ प्रकारका कोरियन खाना एकै ठाउँमा खान मिल्ने गरी रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हौं,’ तामाङले भने, ‘यसले पोखराको पर्यटनलाई अझै टेवा पुर्‍याउने छ भन्ने विश्वास पनि लिएका छौं ।’ रेस्टुरेन्टको उद्घाटन हवाई क्याप्टेन विजय लामाले गरेका हुन् । रेस्टुरेन्टमा प्रयोग भएका भाँडाकुँडादेखि मसलासम्म कोरियाबाटै आयात गरिएको बिजी बी ग्रुप बताउँछ ।

रेस्टुरेन्टमा कोरियन खानाका साथै कोरियन पोशाकमा सजिएर फोटो पनि कैद गर्न सकिने बिजी बी ग्रुपले जनाएको छ । ‘अब बिजी बीलाई पोखरामा मात्रै नभएर काठमाडौंमा पनि विस्तार गर्दैछौं,’ समूहका निर्देशक भट्टराईले भने, ‘४ महिनाभित्र काठमाडौंको ठमेलमा पनि बिजी बी क्याफे खोल्ने योजनामा छौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?