+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

फेसबुकको शेयर, ट्याग, कमेन्टमा पनि निर्वाचन आयोगको निगरानी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ८ गते १५:०४

७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालको शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्टमा पनि निगरानी राखेको छ ।

फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नगर्न आग्रह गर्दै आयोगले कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा नगराउन भनेको छ ।

सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टीकाटिप्पणी नगर्न र नगराउन पनि भनेको छ ।

निर्वाचनमा प्रतिकुल प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा एकाउन्ट खोल्न, झुटा वेवसाइट नखोल्न वा सञ्चालन नगर्न र नगराउन पनि आयोगले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?