+
+

घाँस काट्न रुखमा चढेका बेला करेन्ट लागेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ८ गते १८:३९

८ कात्तिक, बुटवल । पाल्पामा रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु छ । रामपुर नगरपालिका–९ जब्गादीका २९ बर्षीय बिष्णुबहादुर श्रेष्ठको रुखमा चढेका बेला करेन्ट लागेर मृत्यु भएको हो ।

मंगलबार बिहान करिब १० बजे घर नजिकै दबदबेको रुखमा चढेका बेला अचानक थ्रीफेजको विद्युत तारमा छुन गई करेन्ट लाग्दा श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?