+
+

सुपर मार्केटमा छुरा प्रहार : आर्सनलमा खेलाडी घाइते, एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ११ गते ९:५१

११ कात्तिक, काठमाडौं । इटालीको मिलान शहर नजिक रहेको एक सुपरमार्केटमा छुरा प्रहार हुँदा आर्सनलका डिफेन्डर पाब्लो मारी घाइते भएका छन् ।

सुपर मार्केकटमा छुरा प्रहार हुँदा एक जनाको मृत्यु भएको अन्य पाँच जना घाइते भएको पुलिसले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

घाइते हुनेमध्ये आर्सनलबाट लोनमा इटालियन क्लब मोन्जा पुगेका मारी पनि छन् ।  २९ वर्षीय ब्राजिलियन डिफेन्डर इटालियन क्लब मोन्जाबाट लोनमा खेलिरहेका छन् ।

स्थानिय मिडियाको रिपोर्ट अनुसार ३० वर्षीय सुपरमार्केटको क्यासियरको भने मृत्यु भएको छ ।

पुलिसले ४६ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको छ । पुलिसले कुनै आतंककारी मनसाय हुन नसकेको बताएको छ ।

रिपोर्टहरूका अनुसार आक्रमणकारीलाई मानसिक स्वास्थ्य समस्या थियो र उसले सुपरमार्केटको सेल्फबाट हतियार खोसेको थियो।

उक्त व्यक्तिले स्थानीय समय अनुसार साढे ६ बजे सुपरमार्केटमा अनियमित रूपमा मानिसहरूलाई छुरा प्रहार गर्न थाले ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?