+
+

कांग्रेसको घोषणापत्र शनिबार सार्वजनिक गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ११ गते ११:४७

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि तयार गरेको संकल्पपत्र (घोषणापत्र) शनिबार (भोलि) सार्वजनिक  हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने गरी समय तय भएको मस्यौदा तयारी समितिका सदस्य गेजा शर्मा वाग्लेले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरुको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने भएको छ । महामन्त्री शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो ।

घोषणापत्रलाई अर्थविद् स्वर्णिम वाग्ले नेतृत्वको मस्यौदा उपसमितिले तयार गरेको छ । कांग्रेसको घोषणापत्रका लागि वाग्ले, योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेल, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले, युवा राजनीतिक विश्लेषक शंकर तिवारी, महामन्त्री थापाका राजनीतिक सल्लाहकार प्रताप पौडेललगायतले तयार गरेका छन् ।

यसअघि ७ कात्तिक सार्वजनिक गर्ने भनिएको उक्त घोषणापत्र कार्यक्रम स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?