+
+

भूलवश हस्ताक्षर भयो, रुपन्देही २ मा केशव थापालाई समर्थन छैन : चित्रबहादुर केसी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ११ गते १३:४३

११ कात्तिक, काठमाडौं । राष्ट्रिय जनमोर्चाले रुपन्देही २ मा सत्तारुढ गठबन्धनले समर्थन गरेको राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई समर्थन नगर्ने भएको छ ।

सो क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गत बुधबार सत्तारुढ गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार थापालाई समर्थन गर्ने निर्णय गरेको थियो ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ चार दलको  बैठकपछि जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भनी जारी गरिएको विज्ञप्तिमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि हस्ताक्षर गरेका थिए ।

तर केसीले शुक्रबार विज्ञप्ति जारी गरी त्यस दिन भूलवश हस्ताक्षर हुन पुगेको बताएका छन् । ‘ राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने गरी हाम्रो तर्फबाट भएको हस्ताक्षर भूलवश हुन गएको छ । हाम्रो पार्टीले उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय भएको जानकारी यसै वक्तव्यमार्फत् सार्वजनिक गर्दछौँ’ केसीले विज्ञप्तिमा भनेका छन् ।

सो क्षेत्रमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?