+
+

अमेरिकी र्‍यापर स्नुप डगले सेयर गरे नेपाली बालिकाको डान्स भिडियो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ११ गते २०:२८

काठमाडौं । नेपाली बालिका बारिशा थापाको प्रसिद्धी अब हलिउडसम्म पुगेको छ । चर्चित अमेरिकी र्‍यापर स्नुप डगले ती नेपाली बालिकाले फिल्म पुष्पाको गीत ‘सामी सामी’मा नृत्य गरेको भिडियो इन्स्टाग्राममा सेयर गरिदिएका छन् ।

ग्रामी अवार्डमा १७ पटक मनोनयन भैसकेका स्नुप डगको उक्त भिडियोलाई इन्स्टाग्राममार्फत धेरैले हेरेका छन् । यी चर्चित अमेरिकी र्‍यापरको प्रसिद्धी नेपालमा समेत फैलिएको छ ।

बलिउड कोरियोग्राफर रेमा डिसुजाले उनको आगामी भारतीय टिभी रियालिटी शो डान्स इन्डिया डान्समा भाग लिन निम्तो दिएको एक सातामै स्नुप डगले नेपाली किशोरीको भिडियोलाई सेयर गरेका हुन् ।

 

View this post on Instagram

 

A post shared by snoopdogg (@snoopdogg)

पुष्पा अभिनेत्री रश्मिका मन्दानाले सबैभन्दा पहिले बारिशाको गीतलाई ट्वीटरमार्फत सेयर गरेपछि उनको चर्चा भएको थियो । त्यसपछि हेटौंडाकी यी विश्व सेलिव्रिटीको नजरमा परेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?