+
+

नेताको छोराको कारले ठक्कर दिँदा ६ जना घाइते, मिलापत्र गर्न दबाव

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १२ गते २०:२५

१२ कात्तिक, बुटवल । नेपाली कांग्रेसका नेता प्रमोद यादवका भतिज निखिलले कार पछाडि हटाएर घाइते बनाएको भन्दै घाइतेहरुले कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार राति निखिलले बुटवलको एक क्लब अगाडि बा ०१–०२ ६६२९० नम्बरको कार ब्याक गरेर ६ जनालाई घाइते बनाएको उनीहरुको भनाइ छ ।

कारको ठक्करबाट तानसेन नगरपालिका–४ का कुनल श्रेष्ठ, बुटवल उपमहानगरपालिका–८ का विपिन श्रेष्ठ, देवदह नगरपालिका–१० का जीवन मल्ल, बुटवल उपमहानगरपालिका–७ का सुरज पाण्डे, बुटवल–१२ का दीपक पुन र बुटवल–१३ का मनोज थापा घाइते भएका थिए ।

कुनल र सुजल पाण्डेको तिनाउ हस्पिटलमा उपचार भइरहेको छ । २ जनाको चौराह अस्पतालमा उपचार भइरहेको छ भने दुई जना सामान्य उपचारपछि घर फर्केका छन् ।

यादवले गाडी ब्याक गराएर घाइते बनाएको तर कारबाहीको साटो कांग्रेस नेताहरुबाट मिल्न दबाब दिएको घाइतेहरुको गुनासो छ । ठक्कर दिने गाडी र चालकलाई वडा प्रहरी कार्यालय रामनगर बुटवलले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाएको छ । पीडितहरूले कांग्रेस नेता यादवले मिलापत्रका लागि दबाव दिएको बताएका छन् ।

घाइते सुजलले यादवका आफन्त र कांग्रेसका नेताहरू अस्पताल आएर पटक पटक मिलेर जान दबाब दिइरहेको बताए । ‘दोषीलाई कारबाही हुनुप¥यो, नेता दबाबमा प्रहरीले घटना सामसुम पार्न खाजेको छ’, सुजलले भने ।

यादवले गाडी ब्याक गर्दा त्यहाँ रहेका आधा दर्जन मोटरसाइकल र स्कुटरमा पनि क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले चालकले मदिरा सेवन गरेको भए कानुन बमोजिम कारबाही हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?