+
+
प्रधानमन्त्री कप क्रिकेट :

दीपेन्द्र चम्किँदा बागमतीमाथि पुलिसको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते १५:३५

१३ कात्तिक, काठमाडौं । छैटौं प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा पुलिसले बागमती प्रदेशलाई १९२ रनको फराकिलो अन्तरले हराएको छ ।

जितका लागि २९० रनको लक्ष्य पछ्याएको बागमती २८ ओभरमा ९७ रन बनाउँदै अलआउट भयो । बलियो लक्ष्य पछ्याएको बागमती ब्याटर चल्न नसक्दा सस्तैमा आउट भयो ।

बागमतीका लागि ओपनर ईसान पाण्डेले सर्वाधिक २४ रन बनाए । उनले ४७ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

राम नरेश गिरी २२ रनमा अविजित रहे । नन्दन यादवले १० रन तथा प्रतिश जिसीले १४ रन बनाए। अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । करण केसी, गुल्सन झा र सागर ढकालले समान २ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ५ विकेट गुमाएर २८९ रन बनाएको थियो ।

पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीको १०८ रनको शतकीय पारी खेलेका हुन् । चौथो क्रमका ब्याटर ऐरीले ८८ बलमा ११ चौका र ३ छक्का सहित १०८ रन बनाएका हुन् । उनले अर्का ब्याटर आरिफ शेखसँग १३६ रनको बलियो साझेदारी गरेका हुन् ।

ओपनर ब्याटर सुनिल धमलाले २३ बलमा ५ चौका र १ छक्का सहित ३७ रनमाक्याच भए ।

अर्का ओपनर ब्याटर कुशल भुर्तेलले ७२ बलमा ४ चौका सहित ३७ रनमा एलबीडब्लू भए ।

योगेन्द्र सिंह कार्की ३४ बलमा २ चौका सहित १६ रनमा क्याच भए । पाँचौं क्रमका ब्याटर आरिफ शेख ६८ बलमा १ चौका र १ छक्का सहित ३६ रनमा क्याच भए ।

दिलीप नाथ र पवन सराफ क्रमश: १३ र १५ रन सहित अविजित रहे ।

बागमतीका लागि नन्दन यादवले २ विकेट लिए । राम नरेश गिरी, सूर्य तामाङ र सोनु देवकोटाले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?