
फाइल तस्वीर
१३ कात्तिक, काठमाडौं । सरकारले आयातमा प्रतिबन्ध लगाए पनि कृत्रिम फूलमालाको आयात भइरहेको पाइएको छ ।
प्रतिबन्धको सूचना राजपत्रमा प्रकाशित भएको तीन महिना बित्दा वैधानिक प्रक्रियाबाटै एक करोड ३४ लाख रुपैयाँ बराबरको कृत्रिम फूलमाला आयात भएको पाइएको हो ।
भन्सार विभागले आइतबार प्रकाशित गरेको तीन महिनाको व्यापार तथ्यांकअनुसार एक करोड ३४ लाख ३८ हजार रुपैयाँको ४१ हजार ९३ किलो फूलमाला आयात भएको छ । यस्तो आयातबाट सरकारले ६८ लाख २७ हजार रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्यांकमा देखिन्छ ।
वन तथा वातावरण मन्त्रालयले गत १२ साउनमा राजपत्रमा सूचना प्रकाशित गरेर प्लाष्टिकका कृत्रिम फूलमाला, बुके लगायतका वस्तुको उत्पादन, भण्डारण, आयात बिक्री र वितरणमा पूर्ण रोक लगाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4