+
+

पारस खड्कासहित ४० खेलाडी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते १९:३०

१३ कात्तिक, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कासहित ४० जना खेलाडीलाई सम्मान गरेको छ ।

बुढानिलकण्ठ र टोखा खेल संघसहितले संयुक्त रुपमा टोखामा गरेको सम्मान कार्यक्रममा सिनियर र जुनियर खेलाडीलाई सम्मान गरिएको हो ।

पारससहित फुटबल खेलाडी रामचन्द्र श्रेष्ठ, मनिन्द्रराज जोशी, बक्सिङका अर्जुनबहादुर केसीसँगै हालै गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुलको विधिन्न खेलविधामा पदक विजेता खेलाडीलाई सम्मान गरिएको हो ।

नेपाली कांग्रेसका नेता नरहरी आचार्य, आसन्न निर्वाचनका लागि प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका कांग्रेस नेता प्रदीप पौडेललगायतले खेलाडीलाई सम्मान गरेका हुन् ।

अस्वस्थताका कारण झण्डै पाँच वर्षपछि सार्वजनिक कार्यक्रममा देखिएका नेता आचार्यले राष्ट्रको पहिचान दिलाउने खेलाडीलाई संरक्षण गर्नुपर्ने बताए । उनले भने, ‘राष्ट्रको पहिचान गराउने एउटा सशक्त माध्यम खेल नै हो ।’

कार्यक्रममा बोल्दै सो क्षेत्रका उम्मेदवार पौडेलले खेलकुदमा लगानी बढाएर सबै युवाको खेलकुदमा पहुँच हुने अवस्था सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘हरेक युवालाई खेलकुदसँग जोड्न चाहन्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?