+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेवानिको दिल्ली उडान तालिका कटौतीको मारमा यात्रु, दुई उडान रद्द

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १३:२१

१४ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगमले भारतको राजधानी नयाँ दिल्लीमा गर्दै आएको उडान संख्या नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट कटौती हुँदा त्यसको मारमा यात्रु परेका छन् ।

नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार आइतबार एउटा उडान कटौती भएको थियो । जसमा २५६ जना यात्रुले उडान गर्ने तयारी थियो । आइतबार गन्तव्य स्थान जान नपाएका र सोमबार टिकट लिएका समेतलाई लैजाने गरी तयारी भएको दुई वटा उडान समेत अनुमति नपाएपछि रद्द भएको उनले जानकारी दिइन् ।

यी उडानबाट कुल ३ सय यात्रु लैजाने तयारी थियो । आइतबार काठमाडौं रोकिएकामध्ये १ सय जना यात्रुलाई भने निगमले अन्य वायुसेवासँग समन्वय गरी दिल्ली पठाइसकेको उनले जानकारी दिइन् । दिल्लीमा नेपाल एयरलाइन्सले सातामा १४ उडान गर्दै आएको थियो । हिउँदकालीन तालिकामा प्राधिकरणबाट सातामा १० उडान मात्र स्वीकृत भएको प्रवक्ता खड्काले जानकारी दिइन् ।

‘हामीले अघिल्लो सेड्युल नै स्वीकृत हुने अपेक्षासहित टिकट लिएका थियौं,’ उनले भनिन्, ‘तर, प्राधिकरणबाट तालीका कटौती हुँदा यसको असर यात्रुमा परेको हो ।’ उडान रद्द हुँदा अलपत्र परेका यात्रुलाई प्राथमिकताका साथ पठाइने उनले बताइन् । सोमबार अपरान्ह एक उडान दिल्लीमा हुँदैछ, यसले अधिकतम यात्रुलाई लैजाने प्रयास भइरहेको समेत उनले जानकारी दिइन् । सोमबार निगमको मुख्यालय पुगेका यात्रुलाई निगमले टोकन दिएर पठाएको छ । सोही आधारमा उनीहरुको उडान हुनेछ ।

उनका अनुसार दैनिक दुई/दुई उडान भइरहेकोमा अहिले प्राधिकरणले आइतबार र शुक्रबार दिउँसोको र सोमबार र बिहीबार बिहानको एक/एक उडान कटौती गरिदिएको छ । प्राधिकरणले यसै साता हिउँदकालीन सिजनबाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई भैरहवा विमानस्थलबाट अनिवार्य उडान गर्न निर्देशन दिएको थियो । यसको दवावस्वरुप काठमाडौंको उडान कटौती गरिएको हुन सक्ने निगमका अधिकारीहरुको भनाइ छ ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?