
१४ कात्तिक, काठमाडौं । नेपालले युएईसँग तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले युएईसँग ओडिआई शृंखला खेल्ने सोमबार जनाएको छ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ ।
हाल जारी प्रधानमन्त्री कप क्रिकेट सकिएपछि शृंखला सुरु हुनेछ ।
नेपाल र युएईबीच कात्तिक २८, ३० र मंसिर २ गते खेल हुनेछ ।
नामिबियामा हुने लिग टू को शृंखलाअघि नेपालले युएईसँग खेल्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4