+
+

माओवादीको ४८ नारा : गठबन्धनलाई भोट, माओवादीको सरकार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते २१:२७

१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी चुनावका लागि ४८ वटा नारा तय गरेको छ ।

केन्द्रीय मुख्यालय पेरिडाडाबाट जारी ८१ पृष्ठको घोषणापत्रमा आगामी सरकार माओवादी केन्द्रको नेतृत्वमा बन्नेसहितका नाराहरु समेटिएका छन् ।

माओवादी केन्द्रले चुनावी प्रतिबद्धताका हरेक शीर्षकको सारांश नारामा प्रस्तुत गरेको छ । अर्थात् घोषणापत्रमा माओवादी केन्द्रले ४८ क्षेत्रलाई सम्बोधन गरेको छ ।

त्यस क्रममा पाँच वटा नारा माओवादी केन्द्र नेतृत्वको सरकार बन्नेमा केन्द्रीत छ । त्यसबाहेक भने माओवादी केन्द्रलाई किन मतदान गर्ने भन्ने बुझाउने नाराहरु छन् ।

नाराहरु यस्ता छन् :

सामाजिक न्यायसहितको समावेशी विकास !
माओवादीको नेतृत्व नै सबै समस्याको राष्ट्रिय निकास !!

समाजवादको आधार, उज्यालो वाहक माओवादी सरकार !

माओवादीले बनायो उज्यालो नेपाल !
माओवादीले नै बनाउँछ समृद्ध नेपाल !!

संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि गठबन्धन, गठबन्धनका उम्मेदवारलाई यसपटक मतदान !

परिवर्तनको लागि बलिदान, समृद्धिका लागि माओवादीलाई मतदान !

संविधान र लोकतन्त्रका पक्षमा हाम्रो आह्वान !
समाजवादका निम्ति हँसिया–हथौडामा मतदान !!

सुशासन र समृद्धिका लागि स्थिर राजनीति !
स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति !!

सङ्घीयताको आधार, नेपाली जनताको समावेशी शासनाधिकार !
बलियो सङ्घ, प्रदेश र स्थानीय सरकार, सङ्घीयता कार्यान्वयनको आधार !!

धन, बल, विभेद र भ्रष्टाचारबाट मुक्त राजनीति !
पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणाली !!

संविधान र लोकतन्त्रको रक्षा गरौँ !
समृद्धि र समाजवादको लागि सङ्घर्ष गरौँ !!

हाम्रो विदेश नीतिको आधार राष्ट्रिय हित, शान्ति क्षेत्र, पञ्चशील र असंलग्नता !
राष्ट्रियता र स्वाधीनताका लागि सुदृढ राष्ट्रिय एकता !!

सुदृढ राष्ट्रिय एकता !
राष्ट्रिय स्वाधीनताको रक्षा !!

गरिबी निवारण, माओवादीको सङ्कल्प !
पाँच वर्षमा आधा गरिबी हटाउन प्रतिबद्ध !!

माओवादीले नै गर्‍यो व्यवस्था परिवर्तन !
माओवादीले नै गर्छ अवस्था परिवर्तन !!

समृद्ध किसान, देशको सान !
आत्मनिर्भर कृषि, हाम्रो अभियान !!

मजदुर, किसान र उत्पीडित समुदाय पक्षीय सरकार हाम्रो प्रतिबद्धता !

तीव्र औद्योगिकीकरण र रोजगारी वृद्धि, यसैले ल्याउँछ सुख र समृद्धि !

रोजगारी र समृद्धिको आधार, सबैका लागि पर्यटन !

अधिकार पाएको एकपटक सोच्नुस् !
मतदान गर्दा माओवादी रोज्नुस् !!

सबैलाई रोजगारी र सामाजिक सुरक्षा !
श्रमको सम्मान हाम्रो प्रतिबद्धता !!

अरूको नेतृत्वमा असमानता र गरिबी !
माओवादी नेतृत्वमा समानता र समृद्धि !!

गाउँ–गाउँमा अस्पताल, स्वास्थ्यमा समाजवाद !

शिक्षा नागरिकको अधिकार, समाजवाद निर्माणको आधार !
सबैका लागि गुणस्तरीय शिक्षा, ने.क.पा. (माओवादी) को प्रतिबद्धता !

योग र ध्यान, समृद्धिको पुरक अभियान !

उज्यालो नेपाल स्पष्ट प्रमाण, समृद्धिका लागि माओवादीलाई मतदान !

स्वाधीन, समुन्नत समाजवादी राष्ट्र निर्माणका लागि गोलाकार भित्रको हँसिया हथौडामा मतदान !

नेपालको पानीमा गरौँ लगानी !
जलस्रोतमै छ संभावनाको खानी !!

समाजवादको आधार !
उज्यालो वाहक माओवादी सरकार !!

गर्नुपर्छ विकास दिनलाई समृद्धि !
समात्नै पर्छ विज्ञान, सूचना–प्रविधि !!

सुरक्षित र पहिचानयुक्त सहर, सबैको रहर !

स्वाधीनता, राष्ट्रिय एकता अनि समाजवादप्रति हाम्रो कटिबद्धता !
मजदुर, किसान र उत्पीडित समुदायपक्षीय सरकार हाम्रो प्रतिबद्धता !!

बचाऔं हाम्रो पर्यावरण, जोगाऔं मानव जीवन !

मुलुकको समृद्धिका लागि वित्तीय सेवा !

आर्थिक वृद्धि, तीव्र विकास, रोजगारी र सामाजिक सुरक्षाका लागि माओवादी केन्द्रलाई मतदान !

देश सबैको साझा हो, राज्यको स्रोत र अवसरमा समान पहुँच सबैको अधिकार हो !

राज्यमा कम्तीमा ३५ प्रतिशत महिलाको सुनिश्चितता !
भेदभाव र हिंसा मुक्त समृद्ध नेपालको सपना ! !

प्रत्येक नेपालीलाई शिक्षा, स्वास्थ्य निःशुल्क, रोजगारीको ग्यारेन्टी !
अपाङ्ग, जेष्ठ नागरिक, दीर्घरोगी तथा द्वन्द्वपीडितलाई सामाजिक सुरक्षाको ग्यारेन्टी ! !

सम्पूर्ण उत्पीडित समुदाय र श्रमजीवीहरू एक होऔँ !
ने.क.पा. (माओवादी केन्द्र) जिन्दावाद ! !

भाषिक विभेदको अन्त गरौँ !
सयौँ फूलहरू एकसाथ फुल्न दिऔँ ! !

बलिदान, त्याग र सौर्यले फेरेको राजनीति !
हरेक क्षेत्रमा सामाजिक न्याय र सुरक्षाको प्रत्याभूति ! !

बालबालिकालाई उचित शिक्षा, स्वास्थ्य र आहार !

समृद्ध र सुन्दर नेपालको पूर्वाधार ! !

अपाङ्गता होइन अभिशाप, राज्य बन्छ अभिभावक !

प्रत्येक नेपालीलाई शिक्षा, स्वास्थ्य निःशुल्क, रोजगारीको ग्यारेन्टी !
अपाङ्ग, जेष्ठ नागरिक, दीर्घरोगी तथा द्वन्द्वपीडितलाई सामाजिक सुरक्षाको ग्यारेन्टी ! !

संस्कृति मरे समाज मर्नेछ, समाज मरे राष्ट्र मर्नेछ !

युवा भविष्यको कर्णाधार, वर्तमानको हिस्सेदार !
यूवाको क्षमता वृद्धिमा नेपाल सरकार, समृद्धिका लागि व्यवसायिकता र रोजगार ! !

वाक् तथा प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा हाम्रो प्रतिबद्धता ! !

सिंहदरबारको अधिकार गाउँ–गाउँमा !
सार्वजनिक सेवा घर–घरमा ! !

न्यायपूर्ण नेपाल, समृद्ध नेपाल !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?