+
+

टी-२० विश्वकपः श्रीलंकाको दोस्रो जित, अफगानिस्तान बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १३:२५

१५ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकपमा श्रीलंकाले मंगलबार अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै सुपर १२ को समूह बी मा दोस्रो जित निकालेको छ ।

जितपछि चार खेलबाट ४ अंक जोडेर श्रीलंकाले तेस्रो स्थानमा उक्लेको छ । श्रीलंकाले अब सुपर १२ मा इंग्ल्याण्डसँग खेल्न बाँकी छ । लगातार चार खेलमा पराजित भएको अफगानिस्तान भने बाहिरिएको छ ।

ब्रिसबनमा भएको खेलमा अफगानिस्तानले दिएको १४५ रनको लक्ष्य श्रीलंकाले ९ बल अगावै ४ विकेट गुमाएर १४८ रन बनाउँदै पूरा गर्‍यो । श्रीलंकाका लागि धनन्जय डी शिल्भाले ४२ बलमा अविजित ६६ रन रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे । कुशल मेन्डिसले २५, चरिथ असलंका र भानुका राजापाक्षले १८ रन जोडे ।

अफगानिस्तानका मुजिव उर रहेमान र रासिद खानले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ८ विकेट गुमाएर १४४ रन बनाएको थियो । अफगानिस्तानका लागि ओपनरहरु रहमानुल्लाह गुर्बाजले २८, उस्मान घानीले २७ रन बनाए । इब्राहिम जद्रानले २२, नजिबुल्लाह जद्रानले १८, कप्तान मोहम्मद नावीले १३ र गुल्बादिन नइबले १२ रन जोडे ।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले ३ तथा लहिरु कुमाराले २ विकेट लिए । कसुन रजिथा र धनन्जय डा शिल्भाले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?