+
+

तोलामा ५ सय महँगियो सुन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते ११:५६

१६ कात्तिक, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो ।

महासंघले बुधबारका लागि छापावाल सुनको खरिद बिक्री मूल्य ९३ हजार ६ सय, तेजावी सुनको ९३ हजार एक सय र चाँदीको मूल्य १२ सय २५ रुपैयाँ तोकेको छ ।

मंगलबार छापावाल सुन ९३ हजार एक सय, तेजावी सुन प्रतितोला ९२ हजार ६ सय र चाँदी १२ सय १५ रुपैयाँ तोलामा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?