+
+

‘अघि अघि प्रचण्ड’ भन्दै बद्री पंगेनीले गाए माओवादीको चुनावी गीत

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १२:१८

काठमाडौं । पाँच वर्षअघि रिलिज भएको ‘मैं पनि एमाले…’ गीत गाउँदा बद्री पंगेनीलाई धेरैले नेकपा एमाले निकट गायक ठाने ।

प्रिया भण्डारीसँग उनले मिलेर गाएको उक्त चुनावी गीतलाई एमालेले मतदाता रिझाउन भरपुर उपयोग गरेको थियो । यस्तो लाग्थ्यो, उक्त गीत एमालेको ‘एन्थेम’ किन नहोस् ।

पाँच वर्षपछि पंगेनीको सांगीतिक करिअरमा राजनीतिक सिफ्ट भएजस्तो देखिन्छ । उनै गायकले मंसिर ४ को चुनाव लक्षित नेकपा माओवादी केन्द्रको गीत ‘अघि अघि प्रचण्ड’ गाएका छन् ।

माओवादी केन्द्रलाई भोट मागिएको यो गीतमा बद्रीले प्रचण्डकी नातिनी स्मिता दाहालसँग मिलेर स्वर दिएका छन् । गीतको भिडियोमा बद्री फिचर्ड त छैनन्, तर उनको आवाज भने छ ।

अनलाइनखबरसँग कुरा गर्दै पंगेनीले गीत गाउनु कलाकारको धर्म भएको बताए । ‘सै पनि एमाले गाउँदा मैले अरु पार्टीका गीत पनि गाएको थिएँ । जुन गीत चल्यो, त्यो गीतको चर्चा हुने हो । पेसागत हिसाबमा यो मेरो एउटा व्यवसाय हो । जुन गीत चल्छ, त्यसप्रति मान्छेले चासो राख्छन्, नचल्नेलाई ध्यान दिंदैनन्, त्यस्तै हो । कलाकार हुँ म । कलाकार सबै पार्टी निकट हुन्छन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?