+
+

ग्राउन्ड ह्यान्डलिङ दिने आश्वासनपछि भैरहवाबाट उडान गर्न हिमालय एयरलाइन्स तयार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १२:४३
फाइल तस्वीर

१६ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सले गरिरहेको ग्राउन्ड ह्यान्डलिङ सेवा हिमालय एयरलाइन्सलाई समेत दिने आश्वासन दिएपछि हिमालय एयरलाइन्स भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रियबाट उडान गर्न तयार भएको छ । कम्पनीले बुधबार एक विज्ञप्ति निकाल्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालनको तयारी भएको जनाएको छ ।

यस सिलसिलामा हिमालयलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ र गौतमबुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड ह्यान्डलिङ दिने आश्वासन प्राधिकरणले दिएको कम्पनीले जनाएको छ ।

हिमालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा मलेसियाको क्वालालम्पुरमा चार्टर उडान गर्ने भएको छ । नेपाल र मलेसियाको नागरिक उड्डयन प्राधिकरण र अन्य सान्दर्भिक ओभरफ्लाइङ इजाजतपत्र प्राप्त भएपश्चात बिहीबार पहिलो उडान हुने अपेक्षा गरिएको समेत हिमालयले जनाएको छ ।

प्रारम्भिक चरणका भैरहवा–क्वालालम्पुर–भैरहवा सेक्टरमा उडान गर्ने र कमर्सियल ग्राउन्ड ह्यान्डलिङ पाएमा अन्य क्षेत्रमा पनि उडान विस्तार गर्ने एयरलाइन्सले उल्लेख गरेको छ । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भैरहवामा गुणस्तरीय नियमित उडान र ग्राउन्ड सर्भिस उपलब्ध गराउन पनि प्रतिबद्ध रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?