 
																			काठमाडौं । दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माता रामबाबु गुरुङले आगामी वैशाख १ गते फिल्म रिलिज हुने जानकारी दिए ।
सर्वाधिक कमाउने नेपाली फिल्म ‘कबड्डी’कै निर्माण कम्पनी बाँसुरी फिल्म्सले निर्माण गरेको यो फिल्म उपेन्द्र सुब्बा निर्देशित पहिलो फिल्म हो । सुब्बा कबड्डी सिरिजका लेखक समेत हुन् ।
फिल्ममा दयाहाङ र मिरुनासहित प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङको समेत अभिनय छ । पाँचथरका रमणीय स्थानमा फिल्म छायांकन भएको हो ।
झरना थापाको आगामी फिल्म ‘भगवत् गीता’ले पनि वैशाख १ गतेलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4