
१७ कात्तिक, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । १६ कात्तिकमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरनीलाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैठकले प्रस्तावित लाभांशको लागि ४ मंसिरदेखि २० मंसिरसम्म बुकक्लोज गर्ने निर्णय पनि गरेको छ । यसअनुसार १ मंसिर गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन् ।
भने साधारणसभामा पनि सोही मितिसम्म कायम सेयरधनीले सहभागी हुन सक्नेछन् । आर्थिक वर्ष २०७७/७८ को मुनाफााबाट प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश वितरण गरेको कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश करिब शतप्रतिशतले नै वृद्धि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4