+

दिपेन्द्रको अलराउन्डर प्रदर्शन, तेस्रो जितसहित पुलिस सेमिफाइनलमा

२०७९ कात्तिक  १७ गते १५:२९ २०७९ कात्तिक १७ गते १५:२९
दिपेन्द्रको अलराउन्डर प्रदर्शन, तेस्रो जितसहित पुलिस सेमिफाइनलमा

१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेको छ ।

लगातार तेस्रो खेल जित्ने क्रममा पुलिस त्रिवि क्रिकेट मैदानमा लुम्बिनीलाई ६ विकेटले हराएको हो ।

पुलिसलाई जिताउन कप्तान दिपेन्द्र सिंह ऐरीले अलराउन्डर प्रदर्शन गरे । बलिङ तर्फ ४ विकेट लिएका उनले नट आउट ४३ रन बनाए ।

जितका लागि पाएको १८९ रनको लक्ष्य नेपाल पुलिसले ३८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । पुलिसका कप्तानले ४३ रन बनाउने क्रममा ६० बलमा ४ चौका हाने ।

ओपनर ब्याटर सुनिल धमलाले २६ बलमा ३६ रन बनाए । अर्का ओपनर कुशल भुर्तेल ४१ बलमा ३२ रन बनाउँदै क्याच भए । अर्का ब्याटर अमित श्रेष्ठले २८ रन बनाए । आरिफ शेख ३५ रनमा क्याच भए । अर्का ब्याटर दिलिप नाथ ६ रनमा नट आउट रहे ।

लुम्बिनीका लागि अनिल खरेलले सर्वाधिक २ विकेट लिए । दुर्गेश गुप्ताले १ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले ४४.२ ओभरमा १८८ रनमा अल आउट भएको थियो । लुम्बिनीका कप्तान देव खनालले सर्वाधिक ७४ रनको अर्धशतकीय पारी खेले । उनले ८८ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।

तेस्रो क्रमका ब्याटर प्रज्वल थापाले २३ रन बनाए । उनले ६२ बलमा २ चौका प्रहार गरे । सन्दीप रजाली ७ रन बनाउँदै क्याच भए । विशाल विक्रम केसीले ३८ बलमा ३० रन बनाए । दुर्गेश गुप्ता २१ बलमा ११ रन बनाउँदै आरिफ शेखको हातबाट क्याच भए ।

पुलिसका लागि कप्तान दिपेन्द्र सिंहले सर्वाधिक ४ विकेट लिए । सागर ढकाल र करण केसीले समान २–२ विकेट लिए ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय