+
+

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १७:४१

१७ कात्तिक, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् ।

गुजरावालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । र्‍यालीमा रहेका उनीसवार कन्टेनरमा आक्रमणकारीले ३-४ राउण्ड गोली हानेका थिए ।

पाकिस्तान तहरीक-ए-इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ र उनलाई उपचारका लागि लाहोर पठाइएको छ ।

घटनामा अरु ३-४ जना पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । घाइते हुनेमा पाकिस्तान तहरीक-ए-इन्साफका  नेता फैसल जावेद पनि छन् ।

गोली हान्ने एक जना व्यक्तिलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?