+
+

काठमाडौंमा खुल्ला व्यायामशाला बनाउन इजरायलले माग्यो अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते १९:४९

१८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरसँग इजरायलले खुल्ला व्यायामशाला बनाउन स्थान माग गरेको छ ।

नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले, खुल्ला व्यायामशाला बनाउन चाहेको बताउँदै यसका लागि आवश्यक प्रक्रिया मिलाइदिन महानगरसँग अनुरोध गरेका हुन् ।

महानगरकी उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा भेट्दै राजदूत गोडेरले यस्तो प्रस्ताव गरेका हुन् । उपप्रमुख डंगोलले गोडेरलाई स्थानको विषयमा प्रश्न गरेपछि उनले वडा ३, ४ वा ८ का कुनै ठाउँ भए हुने बताएका थिए।

भेटका क्रममा राजदूत गोडेरले, यसअघि महानगरसँग भएको सहकार्य प्रयास कार्यान्वयन गर्न नसकिएको गुनासो गरेका थिए । यस पटक सहरी स्वास्थ्यका लागि खुल्ला व्यायामशाला बनाउने कार्यक्रम सफल बनाउनुपर्ने बताए ।

इजरायलले नेपाली किसानका लागि तर्जुमा गरेको आयमा आधारित सीप विकासका कार्यक्रमलाई नतिजामुखी बनाउन आफूले प्रयास गरिरहेको राजदूत गोडेरको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?