+
+

राष्ट्रपति भण्डारी सोमबार आइसल्याण्ड जाने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते १९:४७
फाइल तस्वीर

१८ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो सोमबार आइसल्याण्ड जाने भएकी छिन् ।

विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलका आयोजनामा हुने८–१० नोभेम्बरमा हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उनी सोमबार आइसल्याण्ड प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

डब्लूपीएलले भण्डारीलाई यो वर्षको डब्लूपीएल ट्रेलब्लेजर अवार्ड पनि प्रदान गर्ने मन्त्रालयले आज निकालेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले ग्लोबल फोरममा अवार्ड ग्रहणसँगै आफ्नो मन्तव्य पनि राख्ने छिन् ।

१२ नोभेम्बरमा स्वदेश फर्कने राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी पनि सहभागी हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?