+
+
Shares

एक सातामा सशस्त्र प्रहरीले गर्‍यो १३ लाखको सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १९ गते १४:२१

१९ कात्तिक, वीरगञ्ज । सशस्त्र प्रहरीले एक सातामा पर्साबाट झण्डै १३ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वार्टर पर्सा र मातहतमा रहेका बोर्डर आउट पोष्ट, सुरक्षा बेस क्याम्पले एक सातामा १२ लाख ७० हजार रुपैयाँको सामान बरामद गरेको हो ।

कात्तिक १२ गतेदेखि १९ गतेसम्म कपडा, चिनी, कस्मेटिक तथा हार्डवेयरका सामान, माछा, सुर्ती लगायत १२ लाख ७० हजार रुपैयाँको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वार्टर पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिए ।

वीरगञ्ज भन्सार मेनगेट, अलौ, छपकैया, ड्राइपोर्ट, बहुअर्वाभाठा, ठोरी, जिराभवानी लगायतका स्थानहरुबाट भन्सार छली चोरी पैठारी भइरहेका सामान बरामद गरिएको उनले बताए । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइसकिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले पर्साको बहुदरमाई नगरपालिका– ७ छपकैयाबाट ७ किलो गाजा बरामद गरेको छ । बाँसको झाँगमा लुकाएर राखिएको अवस्थामा ७ किलो लागु औषध (गाजा) बरामद भएका र आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?