+
+

एक्लै जित जोगाउने चुनौती

राजन पौडेल राजन पौडेल
२०७९ कात्तिक २० गते १३:३५

गाउँ कमिटीबाट राजनीति थालेर जिल्लाको नेतृत्व गरेका पदम गिरीले ०७४ को पहिलो प्रतिस्पर्धामै सांसद (प्रतिनिनिधि सभा सदस्य) बन्ने शौभाग्य पाए । घटक माओवादी केन्द्रको समेत साथ पाएका गिरीले तीन पटक सांसद भइसकेका नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई १२ हजार ४५६ मतान्तरले हराएका थिए ।

यो पटक माओवादीको साथ विना जित जोगाउने चुनौती गिरीलाई छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको नजिताले उनलाई यो चुनौती पार गर्न केही सहजता देखाएको छ ।

जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार यो जिल्लामा १ लाख २२ हजार ५० मतदाता छन् । स्थानीय निर्वाचनमा पर्वतमा एमाले पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित छ । एमालेका वडाध्यक्ष उम्मेदवारहरले ३५ हजार ७१६ मत पाएका थिए । कांग्रेसले २९ हजार ३४४, नेकपा (माओवादी केन्द्र)ले ५ हजार ३६१, नेकपा (एकीकृत समाजवादी)ले ५४६ र स्वतन्त्र उम्मेदवारहरूले २ हजार ४१२ मत पाएका थिए ।

गत स्थानीय निर्वाचनमा एमालेले पाएको मत जोगाउँदै स्वतन्त्र मत तान्न सके दोस्रो पटक सांसद बन्ने गिरीको आकांक्षा पूरा हुने अवस्था देखिन्छ ।

को हुन् गिरी ?

२०३३ साल २८ फागुनमा पर्वतको दुर्लुङमा जन्मिएका पदम गिरीले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । २०४७ मा अखिल पाँचौंमा संगठित उनी स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसको सदस्य, उपसभापति हुँदै सभापति भए ।

२०५४ मा नेकपा (एमाले) दुर्लुङ गाउँ कमिटी सचिवबाट पार्टी राजनीति सुरु गरेका गिरी २०६७ मा पर्वत जिल्ला सचिवालय सदस्य हुँदै २०७२ मा आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?