+
+

गुल्मीमा बन्द हाटबजार सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १२:४७

२० कात्तिक, गुल्मी । गुल्मीमा बन्द हाटबजार सञ्चालनमा आएको छ । गएको वैशाख महिनाबाट बन्द रहेको हाटबजार पुन: सुचारु भएको हो ।

जिल्लाको रेसुङ्गा नगरपालिकाले कृषकले उत्पादन गरेका कृषि जन्य बस्तुहरुलाई बिचौलियाको अन्त्य गर्न हाट बजार सञ्चालन गरेको छ ।

यसअघि नगरपालिकाले नै सञ्चालन गर्दै आएको हाटबजार निजी क्षेत्रसँगको समन्वयमा सञ्चालन भएको हो ।

जिल्ला सदरमुकाम तम्घासमा लामो समयदेखि बन्द हाटबजार पुनः सञ्चालनमा आएपछि कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री पाएका छन् ।

हाट बजार कोरोना महामारीले बेला बेलामा बन्द हुदै सञ्चालन गर्दै आइएको थियो । सितभण्डारण सहितको हाटबजार सञ्चालन आएपछि कृषकले सिधै बेच्न पाउदा ठगिनबाट बच्ने उदेश्य नगरपालिकाले शुरुवात गरेको हो ।

सदरमुकाम तम्घासको चारीखोला भन्ने स्थानमा ५ टन क्षमताको सितभण्डारण सहितको हाटबजार पहिले जस्तै गरी सञ्चालन आउने नगरप्रमुख खिलध्वज पन्थीले बताए । हाटबजार कुल १ करोड ३३ लाख ५० हजारको लागत लागेको थियो ।

कृषकको उत्पादन उपभोक्ताले खरिद गरेर बाँकी रहे शितभण्डारमा स्टोर गर्ने व्यावस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?