+
+

जिम्बावेलाई हराएपछि भारत समूह विजेता

टी-२० विश्वकपकाे सेमिफाइनल समीकरण पूरा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १७:३५

२० कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकपमा बंगलादेशलाई ७१ रनले पराजित गरी भारत समूहको विजेताका रुपमा सेमिफाइनल खेल्ने भएको छ । समूहको अन्तिम खेलले यो समूहको विजेता टुंगो लागेको हो । पाकिस्तान समूह उपविजेता बनेको छ ।

आइतबार बिहान भएको खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएपछि नै सेमिफाइनलमा स्थान पक्का गरेको भारतले समूह २ मा ५ खेलबाट ८ अंक जोड्यो । दक्षिण अफ्रिका हारेपछि अर्को खेलमा बंगलादेशलाई पराजित गर्दै ६ अंक जोडेको पाकिस्तान उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गर्‍यो । ५ अंक जोडेको दक्षिण अफ्रिका भने सुपर-१२ बाटै बाहिरियो ।

सुपर १२ चरणका खेलको समाप्तीसँगै विश्वकप सेमिफाइनल समीकरण पनि पूरा भएको छ । समूह एकबाट न्युजिल्याण्ड र इंग्ल्याण्ड क्रमसः वजिेता र उपविजेताका रुपमा यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

सेमिफाइनलमा न्युजिल्याण्डले पाकिस्तानसँग र भारतले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । न्युजिल्याण्ड र पाकिस्तानबीचको पहिलो सेमिफाइनल नोभेम्बर ९ मा सिड्नीमा हुनेछ भने दोस्रो सेमिफाइनल नोभेम्बर १० मा एडिलेडमा हुनेछ । दुवै सेमिफाइनलका लागि रिजर्भ डे राखिएको छ । फाइनल खेल नोभेम्बर १३ मा मेलवर्नमा हुनेछ ।

सूर्य र राहुलको अर्धशतक

मेलवर्नमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले सूर्यकुमार यादव र ओपनर केएल राहुलको अर्धशतकमा ५ विकेट गुमाएर १८६ रन बनाएको थियो । आक्रमक ब्याटिङ गरेका सर्यकुमारले अविजित ६१ रन बनाउने क्रममा मात्र २५ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरे । त्यसअघि ओपनर केएल राहुलले ३५ बलमा ५१ रन जोडे । उनले समान ३ चौका र छक्का प्रहार गरे । विराट कोहलीले २६, हार्दिक पाण्ड्याले १८ र रोहित शर्माले १५ रन बनाए ।

बलिङमा जिम्बावेका सिन विलियम्सले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । रिचर्ड एनगाराभा, ब्लेसिङ मुजाराबानी र सिकन्दर राजाले समान १ विकेट लिए ।

१८७ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७।२ ओभरकमा सबै विकेट गुमाएर ११५ रन मात्र बनायो । जिम्बावेका लागि राएन बर्लले ३५ र सिकन्दर राजाले ३४ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बर्लले २२ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । राजाले २४ बल खेलेर ३ चौका प्रहार गरे । ३६ रनमै ५ विकेट गुमाएको अवस्थामा बर्ल र राजाले छैटौं विकेटका लागि ६० रनको साझेदारी गरेका थिए । कप्तान क्रेग इर्भिनले १३ र सिन विलयम्सले ११ रन जोडे ।

जिम्बावेलाई अलआउट गर्न भारतका लागि रबिचन्द्रन आश्विनले ३ विकेट लिए । मोहम्मद शामी र हार्दिक पाण्ड्याले २-२ तथा भुवनेश्वर कुमार, अर्शदीप सिंह र अक्षर पटेलले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?