
२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केही तत्वले देशलाई पुनः अस्थिरतातर्फ लैजान खोजेको टिप्पणी गरेका छन् ।
संविधान राम्रोसँग कार्यान्वयनमा नआउँदै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता परिवर्तनका विषयहरू ठिक छैन भनेर नेपाललाई अस्थीरतातिर धकेल्न खोजिएको उनको भनाइ छ ।
काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका सिंहले देशलाई अस्थीरतामा लैजान खोज्नेहरुप्रति सचेत रहन आह्वान गरे । देशलाई राजनीतिक स्थीरतामा लैजानकै लागि वाम–लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा होमिएको उनले बताए ।
राजनीति स्थिरता कायम गर्दै जनजीविका सहज बनाउने र आर्थिक समृद्धिको एजेण्डा नै अबको प्राथमकिता भएको उनले बताए । ‘अब राजनीतिक स्थिरता कायम गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने हो,’ सिंहले भने ।
संविधानको पूर्ण कार्यान्वयन गर्दै गाउँ–गाउँमा सिंहदरबारको नारालाई व्यवहारमै कार्यान्वयनमा ल्याउने उनले बताए ।
प्रतिक्रिया 4