
काठमाडौं । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आगामी शुक्रबारदेखि नकआउट राउण्ड सुरु हुँदैछ । ब्याटल चरण अघिल्लो साता सकिएको छ भने नकआउट राउण्डमा ३६ जना प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्नेछन् ।
चारजना कोचको समूहमा ९/९ जना प्रतिस्पर्धी छानिएका छन् । कोचहरु राजेशपायल राई, राजु लामा, प्रमोद खरेल र प्रविशा अधिकारीको टिमले पूर्णता पाएको छ । कुन कोचको समूहमा को-को प्रतिस्पर्धी छन् भन्नेबारे टुंगो लागेको र यी प्रतिस्पर्धीलाई लिएर नकआउट राउण्डको छायांकन पनि सकिएको छ ।
कुन कोचको टिममा कुन प्रतिस्पर्धी ?
टिम राजेश :
भूपेन्द्र रणपाल, दिलेन आङ्बो, महेन्द्र बिके, मोहन नेपाली, मुस्कान राई, पदम राई, परेश राई, सविन योङहाङ, चन्द्रबहादुर कार्की
टिम राजु :
रियान गिरी, उपासना रिजाल, रिन्चेन तामाङ, पवित्रा गुरुङ, दीपेश गुरुङ, रेवश गुरुङ, गोविन्द लिम्बू, टीकाबहादुर मगर, करण राई
टिम प्रविशा :
शान्तबहादुर राई, विषम आचार्य, साहिल लिम्बू, प्रिजोल नेपाली, रोनिश श्रेष्ठ, मिङ्सोहाङ लिम्बू, समीर रसाइली तथा प्रतीक चापागाईं, वर्षा इटानी र निशा कार्की
टिम प्रमोद :
प्रथमहाङ सुब्बा, प्रणिम राई, आशिष रायमाझी, कल्याण गन्धर्व, प्रतीक खाती बिके, योगेश मगर, दीप किराती, वर्षा मानन्धर र आशिष महर
द भ्वाइसको चौथो सिजन शुक्रबार र शनिबार हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।
प्रतिक्रिया 4