+
+

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १०:३०

२२ कात्तिक,काठमाडौं । मंगलबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको मूल्य ९४ हजार ३ सय र तेजावी सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार सोमबारकै मूल्यमा चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँ तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?