+
+

गुल्मीमा २५ सय बढि सुरक्षाकर्मी खटिने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १४:२५

२२ कात्तिक, गुल्मी । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि गुल्मीमा २ हजार ५०० बढि सुरक्षाकर्मी खटिने भएका छन् ।

२ निर्वाचन क्षेत्र रहेको जिल्लामा १ हजार ४६८ म्यादी प्रहरी, ७ सय वढि नेपाल प्रहरी र शसस्त्र प्रहरी नेपाली सेना गरेर २५ सय बढि सुरक्षाकर्मी खटिने गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडलले बताए ।

निर्वाचको लागि सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएकाले मतदाताले ढुक्कसँग मतदान गर्न सक्ने वातावरण तय गरिएको पौडेलले बताए । उम्मेदवारहरुलाई सुरक्षाको अनुभूति गर्न आग्रह गरिएको र कहि कतैबाट सुरक्षा थ्रेड भए तत्काल खबर गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

निर्वाचलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय गुल्मीले कात्तिक २५ गतेबाट मदिरा जन्य पदार्थ विक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । मदिराले समाजमा झैझगडा निम्त्याउने भएकाले ओसार पसार विक्री वितरण, सेवन प्रतिबन्ध लगाउने निर्णय गरेको पौडेलले बताए ।

गुल्मीमा २७८ वटा मतदान केन्द्र छन् । सबै मतदान केन्द्र संबेदनसिल र महत्पूर्ण भएकाले आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको प्रशासनले जनाएको छ ।

आयोगबाट प्राप्त मतदान प्रक्रियामा आवश्यक पर्ने सबै सामग्रीहरु प्याकिङको काम भइरहेको निर्वाचन कार्यालयका गुल्मीले जनाएको छ । निर्वाचन सामग्री प्याकिङ र रुजु गर्ने भइरहेकाले अब सामग्री हस्तान्तरणको काम अगाडी बढ्ने जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत माया कुँवरले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?