+
+

सुनको मूल्य तोलामै १४ सय रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १२:५४

२३ कात्तिक, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार ४ सय र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ ।

बुधबारका छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय, तेजावी सुनको मूल्य ९३ हजार ९ सय र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँ तोकिएको छ ।

मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा छापावाल, ९३ हजार ५ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो भने १ हजार २६५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?