+
+

बसुन्धरामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १९:२५

२३ कात्तिक, काठमाडौं । काठमाडौंको बसुन्धरा सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्‍यु भएको छ ।

बुधबार नारायणगोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धारा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कालिका-९ का ४७ वर्षीय बेलबहादुर राना मगर र मादी गाउँपालिका-५ वर्षीय कल्पना राना मगर रहेका छन् ।

प्रहरीले ना. ८ ख.१८४१ को ट्रक चालकलाई नियन्त्रणमा लिएको छ भने मृतकका आफन्तहरुलाई सम्पर्क गर्ने प्रयास भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?