+
+

सुडान घोटाला प्रकरण सतहमा ल्याएका पत्रकार सरोजराज अधिकारी रहेनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते ९:००

२४ कात्तिक, काठमाडौं । पत्रकार सरोजराज अधिकारी बुधबार मृत भेटिएका छन् । काठमाडौंका प्रहरी प्रमुख एसएसपी भरत बोहराका अनुसार काठमाडौंको सुन्धारास्थित एक होटलमा उनी मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार उनी तीन दिनदेखि होटलमा थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अधिकारी यसअघि सुनौलो नेपाल, नेपाल लाइभ अनलाइन, नयाँपत्रिका दैनिक, कान्तिपुर दैनिक, नेपाल साप्ताहिकमा कार्यरत थिए । उनी बहुचर्चित सुडान घोटाला प्रकरण सतहमा ल्याउने पत्रकार हुन् ।

अधिकारीले सुरक्षा मामिलाका विषयमा ‘चक्रव्यूहमा चन्द्रसूर्य’ र ‘जासुसीको जालो’ पुस्तक लेखेका थिए । उनको ‘धम्बोजी चोक’ र ‘रुपबजारकी नोरा’ नामक साहित्यिक कृति पनि प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?