+
+

तनहुँमा आगो ताप्दा पोलेर ९ वर्षे बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १०:४०

२४ कात्तिक, तनहुँ । तनहुँमा आगो ताप्ने क्रममा पोलेर एक जना ९ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भिमाद नगरपालिका वडा नं. ७ अर्चलेका ९ वर्षीय सुभाष थापा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले जानकारी दिनए ।

२१ गते बेलुकी भान्सा कोठामा आगो ताप्ने क्रममा शरिरको बिभिन्न भागमा पोली घाइते भएका उनलाई घरपरिवारले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगेका थिए ।

पोखरामा उपचारकं क्रममा गएराति बालकको मृत्यु भएको खड्काले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?