+
+

‘वाकान्डा फरेभर’ले नेपालमा एक करोडभन्दा बढी ओपनिङ गर्ने प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १२:०४

काठमाडौं । प्रतीक्षित हलिउड फिल्म ‘वाकान्डा फरेभर’ले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।

बिहीबारसम्मको अग्रिम टिकट बिक्री, ट्रेन्ड, हाइप, मल्टिप्लेक्स र एप्पल इन्टरटेनमेन्टको बजार अध्ययनजस्ता सूचकको आधारमा फिल्मको ओपनिङ एक करोडदेखि डेढ करोडसम्म हुने अनुमान छ ।

फिल्मको प्रिक्वेल ‘ब्ल्याक प्यान्थर’ले सन् २०१८ मा नेपाली बक्स अफिसमा चार करोड हाराहारीमा कमाइ गरेको थियो । दोस्रो श्रृंखला किन पनि प्रतीक्षित छ भने अभिनेता चाडविक बोसम्यानको क्यान्सरको कारणले हालै निधन भएको थियो ।

अभिनेता बोसम्यानसँगको दर्शकीय संवेदनाले सिर्जना गरेको हाइपको प्रभाव बक्स अफिसमा देखिने अपेक्षा छ । एप्पलकी कविता महर्जनले डेढ करोड हाराहारीमा ओपनिङको प्रक्षेपण गरिएको बताइन् ।

बिग मुभिजका व्यवस्थापक दीपेश शर्मा र आईएनआईका निर्देशक सुरेन्द्र थापाले दुवैले फिल्मले एक करोडभन्दा बढी ओपनिङ गर्नसक्ने बताए ।

शुक्रबारै नेपालमै छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’ पनि प्रदर्शन हुँदैछ । अमिताभ बच्चन स्टारर फिल्मले भव्य ओपनिङ नगरे पनि विकडेजमा राम्रो कमाइ गर्ने प्रक्षेपण छ ।

‘वाकान्डाको ओपनिङ आक्रामक हुनेछ र उचाइले विकडेजबाट पिकअप लिनेछ,’ बिग मुभिजका शर्माले भने, ‘नेपालमा सुटिङ भएकाले पनि यो फिल्मप्रति नेपाली दर्शकको भावना गाँसिएको छ ।’

शुक्रबारै अक्षयकुमारको बलिउड फिल्म ‘रामसेतु’ पनि रिलिज हुनेछ । यो फिल्मलाई मल्टिप्लेक्सले कम शो दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?