+
+

चोटसँग संघर्षरत लुकाकुलाई समेट्दै विश्वकपका लागि बेल्जियमको टिम घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १८:००

२४ कात्तिक, काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागिस बेल्जियमले टिम घोषणा गरेको छ । बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनजेले बिहीबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

टिममा चोटसँग संघर्ष गरिरहेका फरवार्ड रोमेलु लुकाकु पनि समावेश गरिएको छ । प्रशिक्षक मार्टिनेजले लुकाकुलाई विश्वकपका लागि फिट हुन हरेक सेकेण्ड समय दिने बताएका छन् । टिममा अनुभवी खेलाडीहरु एडेन हाजार्ड, केभिन डे ब्रुएना लगायत छन् ।

रियल मड्रिडमा अधिकांश समय मैदान बाहिर रहेका हाजार्ड टिमको उत्कृष्ट खेलाडी रहेको भन्दै प्रशिक्षक मार्टिनेजले उनलाई कप्तानकै जिम्मेबारीमा निरन्तरता दिएका छन्र । तर, पनि उनको फिटनेस आपवmू चिन्तित रहेको बताएका छन् ।

यसैगरी ब्रायन हेयनेन, एलेक्सिस सालमेकर्स, डोडी लुकेबाकिओ र जासोन डेनायरलाई स्ट्याबाई खेलाडीको रुपमा राखिएको छ । बेल्जियम फिफा वरीयतामा शीर्ष स्थानमा पुगिसके पनि अहिलेसम्म केही उपाधि जित्न सकेको छैन ।

बेल्जियमले नोभेम्बर २३ मा क्यानडासँग खेल्दै विश्वकप सुरुवात गर्नेछ ।

बेल्जियन टिम

गोलकिपरः थिबाउट कोर्टवा, सिमोन मिङ्नोलेट, कोएन कास्टिल्स

डिफेण्डरः जान भर्टोङ्गन, टोबी एल्डरवाएरल्ड, लिएन्डर डेनडोनकर, जेनो डेबास्ट, आर्थर थिएटे, वाउट फाइस

मिडफिल्डरः हान्स, भानाकेन, एक्सल, युरी थिलेमन्स, अमाडोउ, ओनाना, केभिन डे ब्रुएना, यानिक कारास्को, थोर्गन हाजार्ड, टिमोथी कास्टाग्ने, थोमस मुनिएर

फरवार्डः रोमेलु लुकाकु, मिची बात्सुई, लोइस ओपेन्डा, चार्ल्स डे केटलाएरा, एडेन हाजार्ड, जेरेमी डोकु, ड्राइस मर्टेन्स, लिएन्ड्रो ट्रोसार्ड

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?