+
+

दराजको ११ः११ अभियानमा कुमारी बैंकका ग्राहकले २५ सयसम्म छुट पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १९:२६

काठमाडौं । कुमारी बैंक लिमिटेड र दराजबीच दराजको ११ः११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११, २०२२ देखि लागु हुनेछ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङका प्रमुख अनिष ताम्राकार र दराजको पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुँयालले हस्ताक्षर गरे ।

दराजमार्फत सामान खरिद गरेबापत कुमारी बैंकको डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २ हजार ५०० रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?