+
+

लेबनानको संसद पाँचौं पटकमा पनि नयाँ राष्ट्रपति चयन गर्न असफल

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते २०:०१

२४ कात्तिक, काठमाडौं । लेबनानको संसद पाँचौं पटकमा पनि नयाँ राष्ट्रपति चयन गर्न असफल भएको छ ।

राजनीतिक दलहरूले रिक्त राष्ट्रपति पदका लागि आवश्यक मत नपुक्दा नयाँ राष्ट्रपतिको निर्वाचन अन्योलमा परेको त्यहाँको राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ ।

कुल १२८ मध्ये १०८ जना सांसदको सहभागिता रहेको मतदान सत्रमा संसद सदस्य मिसेल मोवाडलाई ४४ मत, प्राध्यापक इसाम खलिफेलाई ६ मत, पूर्व गृहमन्त्रीलाई एक मत परेको थियो ।

यसैगरी जियाद बराउड र लेबनानको उच्च परिषदका पूर्व महासचिव जियाद हायेकको लागि एक भोट परेको थियो भने ४७ भोट खाली थियो ।

अक्टोबर ३१ मा समाप्त भएको पूर्व राष्ट्रपति मिशेल आऊनको उत्तराधिकारी चयन गर्न संसद असफल भएको यो पाँचौं पटक हो ।

योसँगै देश थप राजनीतिक अनिश्चिततामा पुगेको छ । लेबनानको राष्ट्रपति पद यसअघि पनि पटक-पटक खाली भइसकेको छ । लेबनानको सदनका सभामुख नाबिह बेरीले नयाँ राष्ट्रपतिको निर्वाचनका लागि नोभेम्बर १७ मा अर्को संसदीय अधिवेशन बोलाउन आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?