+
+

कपनको खहरे दुईवर्षमा समाधान गर्न नसके फेरि मत माग्न आउदिनँ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १२:५१
गगन थापा । फाइल तस्वीर

२५ कात्तिक, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले कपनमा खहरेको समस्या दुई वर्षमा समाधान नगरे पुनः मत माग्न नआउने बताएका छन् ।

बुढानीलकण्ठको वडा नम्बर १० मा घरदैलो प्रचारको क्रममा उनले मतदातासँग उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । ‘दुई वर्ष भित्र यो खहरेको समस्या समाधान गर्न सकेनौं भने अर्कोपटक तपाईंहरुको वीचमा मत माग्न आउँदैनौं,’ थापाले भने । घर अगाडिको ढल र फोहोर मात्रै नभएर देशकै अगाडि थुप्रिएको फोहोरलाई सफा गर्ने उद्देश्य सहित मत माग्न आएको उनले बताए ।

सामान्य वर्षा हुँदा समेत काठमाडौंको कपन क्षेत्रमा बाढी आउँछ । वर्षातको समयमा कपन बाढीले स्थानीयलाई सास्ति पु¥याइरहेको छ । बुढानीलकण्ठ वडा नम्बर ११ र त्यसै पालिकाको वडा नम्बर १२ हुँदै वडा नम्बर १० तिर यो बग्छ ।

यो समस्या समाधान गर्न बाढी नियन्त्रणका लागि ‘बक्स कल्भर्ट’ बनाउने गरी नयाँ योजना अघि बढे पनि त्यसले अन्तिम रूप पाएको छैन । आनी गुम्बामा १६ फिटको ‘बक्स कल्भर्ट’ बनाइएको छ । बाढीको समस्या समाधान गर्न उक्त बक्स कल्भर्ट आनी गुम्बादेखि साततलेसम्म बन्नुपर्दछ । माथिल्लो भागमा बक्स कल्भर्ट बन्ने प्रक्रिया सुरु भए पनि तल्लो भागतिर निर्माणले गति लिएको छैन ।

बाढी नियन्त्रणका लागि चरण–चरण गरी सवा अर्ब बढी रुपैयाँ बढी बजेट विनियोजन भइसकेको छ । तर, दीर्घकालीन समाधान निस्केको छैन ।

दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यले कांग्रेस महामन्त्री थापाले ‘धोबीखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’ को प्रस्ताव अघि बढाएका  थिए । उनको  प्रस्तावलाई मन्त्रिपरिषदले स्विकृत गरेको छ । कपन क्षेत्रको डुवान नियन्त्रणका लागि अघिल्लो महिना पुनः टेण्डर खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?