+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

सुनसरी १ का बागीमाथि खनिए ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १४:००

२५ कात्तिक, धरान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुनसरी १ का बागी उम्मेदवार मनोज मेन्याङबोप्रति आक्रामक बनेका छन् ।

धरानमा भएको सभालाई संबोधन गर्दै ओलीले पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्न पनि उनलाई आग्रह गरे । ‘समयमा काम गर भन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने,’ ओलीले भने, ‘दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने ।’

पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकालाई एमालेका मतदाताले भोट नदिने ओलीले बताए ।

दलीय व्यवस्था, लोकतन्त्र र प्रजातन्त्रका विरुद्ध षडयन्त्र स्वरुप स्वतन्त्र अभियान चलाइएको ओलीले आरोप लगाए । उनले यो अभियानलाई दलीय व्यवस्था विरोधी अभियानका रुपमा परिभाषित गरे ।

ओलीले भने, ‘यस्तो अभियानको भ्रममा पर्नु हुँदैन, अहिले साथीहरु कोही भ्रममा नपर्नु होला, नेकपा एमाले एउटा अनुशासित पार्टी हो, राजनीतिक पार्टी हो ।’

मनोज मेन्याङबोप्रति आक्रामक बनेका ओलीले जनता समाजवादी पार्टीका उम्मेदवार अशोक राईको भने प्रसंशा गरे ।

एमाले अध्यक्ष ओलीलेनेकपा एमाले छाड्दा अशोक राईको सम्भावना सकिएको भए पनि अहिले एमालेसँग मिलेपछि फेरि सम्भावना सुरु भएको बताए । सुनसरी १ मा एमालेले समर्थन गरेका राईलाई विजयी बनाएर पठाए उनी मन्त्री बन्न सक्ने भन्दै ओलीले भोट पनि मागे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?