+
+

प्‍युठानमा एमाले, कांग्रेस वीपी र जसपाले चुनावी तालमेल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १५:१४

२५ कात्तिक, प्‍युठान । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्‍य तथा प्रदेशसभा सदस्‍य निर्वाचनमा नेकपा एमाले, कांग्रेस वीपी र जनता समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएको छ ।

शुक्रबार नेकपा एमालेका जिल्ला अध्‍यक्ष विजय राज विष्ट, कांग्रेस वीपीका जिल्ला सभापति बलबहादुर महतारा र जनता समाजवादीका जिल्ला अध्‍यक्ष श्रीराम पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै चुनावी तालमेल गर्ने ३ बुँदे सहमती गरेका हुन् ।

उक्त सहमती पत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्‍यक्ष उम्‍मेदवारतर्फ सूर्य चिह्नमा मतदान गर्ने, प्रतिनिधि तथा प्रदेशसभा समानुपातिक तर्फ आ-आफ्नो पार्टीको चुनाव चिह्नमा मतदान गर्ने र चुनाव प्रचार-प्रसारका क्रममा संयुक्त चुनावी सभा तथा संयुक्त घरदैलो कार्यक्रम गर्ने उल्लेख छ ।

हेर्नुहोस् सहमती पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?