+
+

स्टार्टअप अवार्ड-२०२२ काे उपाधि काराेबार र डेलिस डेरीलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १३:४२

२५ कात्तिक, काठमाडौं । साना पसलकाे खाता व्यवस्थपन गर्ने  काराेबार र प्राेटिनयुक्त दुग्ध पदार्थ उत्पादन गर्ने  नयाँ आइडियाले याे वर्षको  स्टार्टअप अवार्ड जितेका छन् ।

युवा उद्यमी मञ्च नेपाल काठमाडौं च्याप्टरले आयाेजना गरेकाे अवार्डमा १५६ प्रतिस्पर्धीलाई पछि पार्दै दुई कम्पनीले उपाधि जितेको हाे ।

पहिलो चरणामा प्रतिस्पर्धामा सहभागी मध्येबाट आयाेजकले उत्कृष्ठ ७ लाई शुक्रबार अन्तिम प्रतिस्पर्धामा उतारेकाे थियाे ।

आफ्नाे उद्यमबारे ५ मिनेटको प्रस्तुति र ५ मिनेट निर्णायककाे प्रश्नाेत्तर पछि आयाेजकले याे वर्षको उत्कृष्ट स्टार्टअप छनाेट गरेको हाे ।

उपाधि विजेताले ४ लाख नगद, युरोप भ्रमणको दुईतर्फी टिकट लगायतका पुरस्कार पाए । यस्तै  कम्पनीका सेवा र जिज्ञासाहरु अटाेमेटिक आर्टीफिसियल इन्टिलिजेन्टले जवाफ दिने च्याट बड कम्पनी दियाे एआई स्टार्टअपले प्रतियोगितामा तेस्राे स्थान हासिल गर्‍यो ।

अवार्डमा पहिलोपटक दुई वटा सहभागीलाई विजेता घाेषणा गरिएका कारण द्वितीय स्थानका लागि भने कुनै घाेषणा भएन ।

प्रतियोगिताकाे साेसल इन्टरप्राइज अवार्ड भने फाेहाेर प्लाष्टिकबाट उपयोगी बायाे प्लास्टिक बनाउने जिराे सर्कुलरले जित्याे । विजेतालाई ५० हजार नगद उपाधि प्रदान गरियो ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?