+
+

राप्ती गाउँपालिकाले प्राविधिक विषय पढ्न छात्रवृत्ति दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते ९:५८
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट

२७ कात्तिक, दाङ । आर्थिक अभावका कारण प्राविधिक शिक्षा लिनबाट कोही पनि बन्चित नहोउन् भन्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकाले विद्यार्थीहरुलाई छात्रवृत्ति दिने भएको छ ।

आर्थिक रूपमा विपन्न, दलित, मुक्त कमैया र द्वन्द्वपीडित समुदायका विद्यार्थीलाई प्राविधिक विषयमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गाउँपालिकाले गरेको हो ।

प्रविधि, फार्मेसी, बीएससी एजी, बीभीएस्सी एण्ड ए एच, बीएससी नर्सिङ, बीई, बीडीएस, बीपीएच अध्ययनका लागि छात्रवृत्ति दिइने राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । प्रविणता प्रमाणपत्र तहको पढाइमा लाग्ने सम्पूर्ण खर्च पालिकाले व्यहोर्ने छ भने स्नातक तहको पढाइमा ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने उनले बताए ।

तर त्यसका लागि राप्ती गाउँपालिकाका विद्यार्थीले राप्ती गाउँपालिका भित्रकै सरकारी विद्यालयबाट एसईई पास गरेको हुनुपर्नेछ र त्योभन्दा माथिको प्राविधिक विषय पनि सरकारी कलेज वा शिक्षण संस्थामै पढ्नुपर्ने उनले अध्यक्ष विष्टले बताए ।

छात्रवृत्ति दिनका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘छात्रवृत्ति वितरण सम्बन्धी कार्यविधि बनाउन थालिसकेका छौं, ताकि आर्थिक अभावमा गाउँपालिकाका कुनै पनि विद्यार्थीले प्राविधिक शिक्षा पढ्न वञ्चित नहोउन्,’ अध्यक्ष विष्टले भने । छात्रवृत्ति दिने कार्यक्रम हरेक वर्ष कार्यान्वयन गरिने पनि उनले बताए ।

गाउँपालिका अध्यक्ष विष्टको पहलमा सिसहनियाँमा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा उपचार केन्द्र आगामी जनवरी महिनाबाट सुरु हुँदैछ । अध्यक्ष विष्टले विद्यालयहरुमा चाउचाउ, चिप्स, कोल्ड ड्रिङ्कस जस्ता जंकफुड र सरकारी कार्यक्रममा प्लास्टिकका फूलमाला निषेध गरेका छन् । अब प्लास्टिकका झोला पनि निषेध गर्ने तयारीमा रहेको अध्यक्ष विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?