+
+

मतदाताले मलाई ‘नम्बर वान’ बनेको हेर्न चाहेका छन् : प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १०:१५

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं. १ का मतदाताले आफूलाई सरकारको नम्बर वान बनेको हेर्न चाहेको बताएका छन् ।

सोमबार बिहान काठमाडौं महानगरपालिकाको वडा नं. २९ को घरदैलो कार्यक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले सो कुरा बताएका हुन् । ‘यो क्षेत्रका जनताले मलाई सरकारको नम्वर वान म्यान बनेको हेर्ने चाहना छ भनेका छन्,’ सिंहले भने । जनताको चाहना पूरा गर्न आफूले प्रयास गरिरहेको उनले बताए ।

प्रकाशमान काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । अघिल्ला लगातार तीन वटा यहींबाट जितिसकेका उनी चौथो जितको खोजीमा छन् । आफूले क्षेत्र नं. १ मा धेरै विकासका काम गरेको भन्दै उनले फेरि निर्वाचित भए बाँकी काम पनि पूरा गर्ने बताएका छन् ।

अहिलेको अर्थतन्त्रको संकट समाधान गर्ने र लगानीमैत्री वातावरण बनाउने नयाँ सरकारको मूल दायीत्व रहने भन्दै उनले त्यसका लागि आफूले पहल गर्ने बताए । विगतमा राजनीतिक अस्थीरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै उनले अब आफ्नो सम्पूर्ण ध्यान स्थायीत्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताए ।

मुलुक विशिष्ट परिस्थितिबाट गुज्रिरहेको भन्दै उनले अग्रगमनको पक्षमा कि प्रतिगमनको पक्षमा मत दिने भनेर विचार पुर्याउन आह्वानसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?