+
+

कति छ आज सुनको मूल्य ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १०:२३

२८ कात्तिक, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्यमा सामान्य गिरवट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य ५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।

सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोल ९७ हजार २ सय, तेजावी सनुको मूल्य ९६ हजार ७ सय र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुनको मूल्य ९७ हजार ३ सय, तेजावी सुनको मूल्य ९६ हजार ८ सय र चाँदीको मूल्य १ हजार ३ सय रुपैयाँ प्रतितोला थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?