+
+

नेपाल बैंकको वार्षिकोत्सवको अवसरमा ब्याडमिन्टन प्रतियोगिता

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १७:४५

काठमाडौं । नेपाल बैंक लिमिटेले ८६औं वार्षिकोत्सवको अवसरमा व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । काठमाडौं उपत्यकाभित्रका शाखाहरुमा कार्यरत कर्मचारीहरु बीच मैत्रिपूर्ण ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको बैंकले जनाएको छ ।

३० कात्तिकमा बैंक ८६औं वर्षमा प्रवेश गर्दैछ । सोही अवसर पारेर २५ र २६ कात्तिकमा प्रतियोगिता आयोजना गरिएको बैंकले जनाएको छ ।

प्रतियोगितामा पुरुष सिंगल तर्फ विष्णुहरि न्यौपाने प्रथम र ध्रुव दाहाल दोस्रो तथा महिला सिंगल तर्फ रुपा महर्जन प्रथम र सविना थापा दोस्रो भएका छन् ।

पुरुष डबलमा बाबुरत्न महर्जन एवम् मनोज महर्जनको समूह प्रथम भएका छन् । महिला डवल तर्फ भने रुपा महर्जन एवम् सविना थापाको समूह प्रथम भएको बैंकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन बैंक सञ्चालक समिति सदस्य विवेक राणाले गरेका थिए भने कार्यक्रमको संयोजन एवम् व्यवस्थापन खेलकुद उपसमितिले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?