
२८ कात्तिक, पोखरा । पोखरामा राष्ट्रिय वाणिज्य बैंकमा नक्कली सुन धितो राखेर २४ लाख रुपैयाँ ऋण लिएको खुलेको छ । पर्वतको कुश्मा घर भई पोखरा महानगरपालिका-२५ सराङकोटका २५ वर्षीय अभिषेक सुनारले बिरौटास्थित वाणिज्य बैंकको शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोकस्थित शाखाबाट ७ लाख ४५ हजार रुपैयाँ ऋण लिएको खुलेको हो ।
हाल हिरासतमा रहेका सुनारले ऋणको किस्ता तिर्न नआएपछि सुन जाँच गर्दा नक्कली भएको खुलेको बैंकलाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
‘अनुसन्धानका क्रममा निजले धितो राखेको सुनचाँदी व्यवसायी संघ कास्कीमा चेकजाँच गर्न पठाइएको थियो,’ डीएसपी तिवारीले भने, ‘धितो राखिएका गहना नक्कली सुनबाट तयार पारिएको परीक्षण प्रतिवेदन पाइसक्यौं ।’
सुनारलाई जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गर्न ५ दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4